काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल र हङकबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपालले दिएको २१४ रनको विजयी लक्ष्य पछ्याएर जवाफ ब्याटिङ थालेको हङकङले तेस्रो विकेट गुमाएको छ। नेपालका सोमपाल कामीले हङकङका बाबर हयातलाई आसिफ शेखबाट क्याचआउट गराए।
यसअघि ललित राजबंशीले हङकङको दोस्रो विकेट लिएका थिए। राजबंशीले दोस्रो विकेटका रुपमा हङकङका कप्तान निजाकत खानलाई आउट गरेका थिए।
हङकङले पहिलो ओभरमै पहिलो विकेट गुमाएको थियो। पहिलो ओभरको दोस्रो बलमा नेपालका करण केसीले हङकङका मार्टिन कोएत्जीलाई आउट गराएका थिए।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी कुशल र दीपेन्द्रले उकासेका थिए।
४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए। ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए।
नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।
नेपालविरुद्ध हङकङका हारून अर्शद र मोहम्मद गजानफरले समान २–२ विकेट लिए। यस्तै, आयुश शुक्ला र एजाज खानले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।