काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज (शनिबार) हङकङसँग खेल्दै छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
हङकङविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ। पाँचौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ५७ रन बनाएर आउट भएका छन्।
हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी उकास्न दीपेन्द्रले कुशल मल्लसँग उत्कृष्ट साझेदारी गरेका थिए। ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए।
नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो। १६ बल सामना गरेका कुशल ११ रन बनाएर आउट भएका थिए।
यस्तै, तेस्रो विकेटको रुपमा आसिफ शेख २० रन बनाएर आउट भएका थिए। १३ बलको सामना गरेका आसिफले ४ वटा चौका प्रहार गरेका थिए।
छैटौं ओभरको अन्तिम बलमा हङकङका आयुस शुक्लाले आसिफलाई आउट गरे। यस्तै, दोस्रो विकेटका रुपमा सोमपाल कामी ८ रन बनाएर आउट भएका थिए। बलमा एजाज खानले बाबर हायतको हातबाट सोमपाललाई क्याचआउट गराएका थिए।
नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको थियो। ओपनिङ ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। हङकङका हारून अर्शदले भुर्तेललाई एलबीडब्लु धरापमा पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।