काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज (शनिबार) हङकङसँग खेल्दै छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
हङकङविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटको रुपमा आसिफ शेख २० रन बनाएर आउट भएका छन्। १३ बलको सामना गरेका आसिफले ४ वटा चौका प्रहार गरेका थिए।
छैटौं ओभरको अन्तिम बलमा हङकङका आयुस शुक्लाले आसिफलाई आउट गरे। यस्तै, दोस्रो विकेटका रुपमा सोमपाल कामी ८ रन बनाएर आउट भएका थिए। बलमा एजाज खानले बाबर हायतको हातबाट सोमपाललाई क्याचआउट गराए।
नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको थियो। ओपनिङ ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। हङकङका हारून अर्शदले भुर्तेललाई एलबीडब्लु धरापमा पारेका थिए।
अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्। सातौं ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ४७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।