काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज (शनिबार) हङकङसँग खेल्दै छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको छ। ओपनिङ ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भए। दोस्रो ओभरको पहिलो बलमा हङकङका हारून अर्शदले भुर्तेललाई एलबीडब्लु धरापमा पारे।
भुर्तेल आउट भएपछि सोमपाल कामी क्रिजमा आएका छन्। चौथो ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २६ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।