काठमाडौं- मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको नेपाल र जापानबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ। २५ ओभरमा २ विकेट गुमाएर नेपालले १४० रन बनाएको छ।
क्रिजमा कप्तान देव खनाल र आाकाश त्रिपाठी छन्। दिपक बोहोराले ७९ रन बनाएर आउट भएका थिए। वाईएसडी यूकेएम ओभलमा भएको खेल अहिले बिहान सवा ७ बजे सुरु भएको हो।
नेपाल समूह 'ए' को विजेता र जापान समूह 'डी' को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। समूह चरणमा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो। आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।