काठमाडौं- त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शनिबार नेपाल र हङकङ खेल्दैछन्। मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ।
अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ। हङकङ पनि नेपाललाई रोक्ने तयारीमा छ।
पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो। यस्तै, दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। हङकङ उक्त हराएको बदला लिने रणनीतिमा छ।
आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो। शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन्। शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।