काठमाडौं- मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालका दिपक बोहोराले अर्धशतक पूरा गरेका छन्। ४९ बलमा उनले ५० रन बनाएका हुन्।
उनलाई आकाश त्रिपाठीले साथ दिइरहेका छन्। त्रिपाठीले १४ रन बनाएकन छन्। नेपालले १५ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाएको छ। वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे सुरु भएको हो।
नेपाल समूह 'ए' को विजेता र जापान समूह 'डी' को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। समूह चरणमा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो। आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।