काठमाडौं- मलेसियामा चलिरहेको एसीसी- १९ प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाल र जापानको खेल हुँदैछ। वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान सवा ७ बजे सुरु हुँनेछ।
नेपाल समूह 'ए' को बिजेता र जापान समूह 'डी' को बिजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। समूह चरणमा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो। आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।