काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३६८ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६७ रन बनाएको हो।
अस्ट्रेलियाका लागि सर्वाधिक डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए। यस्तै मिचेल म्याक्स्वेलले १०८ रनको सामना गर्दै १२१ रन बनाए।
मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता पाकिस्तानका लागि भने साहिन साह अफ्रिदीले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरको बलिङ गर्दै ५४ रन खर्चेर पाँच विकेट लिएका हुन्।
यस्तै हरिस रौफले ३ विकेट लिँदा उस्मा मिरले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।