काठमाडौं– मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ।
शुक्रबार हङकङलाई हराउँदै सेमिफाइनलमा पुगेको जापानले अब सेमिफाइनलमा शनिबार नेपालसँग सामना गर्नेछ।
बिहीबार साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।
यस्तै शनिबार नै हुने अर्को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स र सिंगापुर भिड्नेछन्। नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् भने यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन्। यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन्।
छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन्। त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन्।
छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ। प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।