काठमाडौं- नेपालले टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको छ। ९५ रनको सामान्य लक्ष्य पाएको नेपालले ४ विकेट गुमाउँदै जित हासिल गरेको हो। यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको हो।
नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको थियो। ब्याटिङमा पनि नेपाली ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरेका छन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो।
नेपालका लागि आशिफ शेखले ४२ रनको योगदान गरे। ओपनर कुशल भुर्तेल र कुशल मल्ललाई नेपालले सस्तैमा गुमाए पनि कप्तान रोहित शर्मा र गुलसन झाले सम्हालेका थिए।
हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनी अविनाश बोहराको ५०औं टी-२० आई विकेट लिएका थिए।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। उनलाई अविनाश बोहराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १–१ विकेट लिँदै साथ दिए।
त्यसअघि इनिङको पहिलो बलमै करणको इनस्विङ बलमा कप्तान निजाकत बोल्ड भएका थिए। त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।