काठमाडौं- नेपालले एसीसी यू- १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेको छ। जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेबियाले १८ ओभर खेल्दै ४२ रन बनाएर ९ विकेट गुमाएको छ।
साउदीलाई घरासयी बनाउन नेपालका स्पिनर दिपेश कँडेलको योगदान रह्यो कँडेल एक्लैले पाँच विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै १८ रन दिएर साउदीका पाँच खेलाडीलाई आउट गरे। दिपेशले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले तीन खेलमा १४ विकेट लिएका छन्।
साउदी अरेबियाका रयान खान ३, मोहम्मद अकिल डक, अब्दुल्लाह शिराज ९, जुहैर मोहम्मद ३, मोहम्मद जुबेर सुनासारा १ रनमा आउट भए।
त्यसअघि मलेसियाको वाईएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो।
नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले। नेपाल यो खेल जितेमा सेमिफाइनलमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।