काठमाडौं– त्रिकोणात्मक टी२० आई सिरिज (क्रिकेट)अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर हङकङविरुद्ध पहिले बलिङ गरिरहेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
नेपालले पहिलो बलमै हङकङको विकेट लिएको छ। करण केसीले नजत खानलाई शुन्य रनमा आउट गराए। करण केसीले नै हङकङको दोस्रो विकेट लिएका छन्। करणले तेस्रो ओभरको तेस्रो बलमा हङकङका अन्श्या रथलाई आउट गराए।
नेपालले आजको खेलमा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन। नेपाल लगातार दोस्रो जितको लक्ष्य लिएर मैदानमा उत्रेको छ। हङकङ पनि जित निकाल्ने रणनीतिमा छ। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।