काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेवियालाई जितका लागि ३४८ रनको लक्ष्य दिएको छ। मलेसियाको युएसडी युकेएम ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १४२ रन बनाए। १११ बलको सामना गरेका कुमालले २ छक्का र १७ चौका प्रहार गरे।
यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए। ९८ बलको सामना गरे २ छक्का र ६ चौका प्रहार गरे। ओपनिङ ब्याटर दीपक बोहराले २९ रन बनाए।
यस्तै, विशाल विक्रम केसीले नटआउट २४ रन बनाए भने दीपक प्रसाद डुम्रेले १४ तथा दीपेश कँडेलले १४ रन बनाए।
मलेसियाका लागि मुहम्मद अहमद राजा र मुहम्मद घयूर अहमदले समान २–२ विकेट लिए। यस्तै, अब्दुल्लाह शिराज, जुहैर मुहम्मद र शाजिब मुजीबुर रहमानले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।