काठमाडौं– एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपालले आज (बिहीबार) साउदी अरेवियासँग खेल्दै छ। समूह ‘ए’को अन्तिम खेलमा साउदीलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ।
समूह ‘ए’मा रहेको नेपालले २ खेल खेलेकोमा २ वटैमा जित निकालेको छ। नेपाल ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ। साउदीको पनि २ खेलबाट ४ अंक छ। नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ।
नेपालले पहिलो खेलमा इरानलाई २७४ रनको फराकिलो अन्तरले हराएको थियो। इरानविरुद्ध कप्तान देव खनालले १०० रनको शतकीय पारी खेलेका थिए।
यस्तै, दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा ४ वटा समूह छन्। हरेक समूहमा ४ वटा टिम छन्। हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन्।
सेमिफाइनल खेल अक्टोबर २२ (कात्तिक ५ गते) हुनेछ। पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।