काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा पहिले बलिङ रोजेको नेपालले कसिलो बलिङ गर्दा यूएईका बलरले खुलेर खेल्न सकेका छैनन्।
१० ओभरको खेल सकिँदा यूएईले १० विकेट गुमाएर ६२ रन जोडेको छ। यूएईविरुद्ध कसिलो बलिङ गर्ने क्रममा नेपालका गुलशन झाले २ विकेट लिएका छन्।
गुलसनले सातौं ओभरको पहिलो बलमा यूएईका मुहम्मद वसिमलाई कुशल भुर्तेलबाट क्याआउट गराए। १८ बलको सामना गरेका वसिम १७ रन बनाएर पेभेलियन फर्किए। गुलशनले यूएईका अर्का ब्याटर आसिफ खानलाई सन्दीप जोराबाट क्याचआउट गराए। १२ बलको सामना गरेका खान १५ रन बनाएर पेभेलियन फर्किए।
यस्तै, सोमपाल कामी र करन केसीले १–१ विकेट लिए। सोमपालले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा यूएईका ओपनिङ ब्याटर खालिद शाहलाई रोहित पौडेलबाट क्याचआउट गराए। करन केसीले अलिशान शरफुलाई आसिफ शेखबाट क्याचआउट गराए। ७ बलको सामना गरेका शरफु ७ रन बनाएर पेभेलियन फर्किए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।