काठमाडौं– नेपाल, हङकङ र यूएईबीचको त्रिकोणात्मक टी–२० आई सिरिज आज (बुधबार)देखि सुरु हुँदैछ। पहिलो खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ।
खेल मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। नेपालले दोस्रो खेल कात्तिक २ गते (बिहीबार) हङकङसँग खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको हो। डबल राउन्ड रोबिनमा हुने सिरिजका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल कात्तिक १० गते हुने छ।
नेपाल र यूएई एसोसियट क्रिकेटमा चिर प्रतिद्वन्द्वी हुन्। नेपाल घरेलु मैदानमा सुरुवाती जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छ। यस्तै, यूएई पनि पहिलो जित निकालेर सुखद् सुरुवातकै लक्ष्यका साथ मैदान उत्रिनेछ।
टी–२० क्रिकेटमा नेपाल र यूएईबीच ५ पटक प्रतिस्पर्धा भएको छ। ५ खेलमध्ये यूएईले ३ खेलमा जित निकालेको छ। नेपाल २ खेलमा विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।