काठमाडौं– भारतमा जारी आईसीसी वान डे क्रिकेट विश्वकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ।
दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो। भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपीसीए क्रिकेट स्डेडियममा स्थानीय समयअनुसार २ बजेदेखि सुरु हुनुपर्ने थियो।
तर वर्षाका कारण उक्त खेल ४ बजेदेखि सुरु भएको हो। तर खेल ४३ ओभरमा झारिएको छ। टस जितेर दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो।
तीन ओभरको समाप्तिमा नेदरल्याण्डले १६ रन बनाएर खेलिरहेको छ।
दुवै टिमका लागि आजको खेल तेस्रो प्रतिस्पर्धा हो। नेदरल्याण्डले यसअघि पाकिस्तान र न्यूजिल्याण्डसँग हार व्यहोरेको छ। यता दक्षिण अफ्रिकाले भने अस्ट्रेलिया र श्रीलंका दुवै टिमलाई हराएको छ।
यदि आजको खेलमा दक्षिण अफ्रिकाले जित निकाल्न सक्यो भने भारतभन्दा राम्रो रनरेटका आधारमा अंक तालिकामा पहिलो नम्बरमा आउनेछ।
नेदरल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म वान डे मा सातवटा खेल भएका छन्। जहाँ ६ पटक दक्षिण अफ्रिकाले जितेको छ भने एक खेल नतिजाबिहीन भएको थियो। वान डे विश्वकपमा भने दुवैबीच सन् १९९६, २००७ र २०११ मा प्रतिस्पर्धा भएको थियो।
दुवै टिमको प्लइङ–११
दक्षिण अफ्रिका: टेम्बा बावुमा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), रासी वान डर डसन, ऐडन मार्करम, हेनरिक क्लासन, डेविढ मिलर, मार्को यानसन, केशव महाराज, कगिसो रबाडा, जेराल्ड कूट्जी र लुंगी एनगिडी।
नेदरल्याण्ड: स्कट एडवर्ड्स(कप्तान/विकेटकिपर), विक्रमजीत सिंह, म्याक्स ओ'डाउड, कोलिन एकरम्यान, बास डे लीडे, तेजा निदमनुरु, सायब्रान्ड एन्गलब्रेक्ट, रुलोफ वान डर मेर्व, लोगन वान बीक, आर्यन दत्त र पल वान मीकरन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।