काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा सोमबार श्रीलंकाले अस्ट्रेलियालाई जितका लागि २१० रनको लक्ष्य प्रस्तुत गरेको छ।
पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४३ दशमलव ३ ओभरमै अलआउट हुँदै २०९ रन मात्र बनाउन सक्यो।
श्रीलंकाका लागि कुसल परेराले ७८ र पाथुम निसान्कले ६१ को योगदान दिए। ओभरनद्वयले निसान्क र परेरा आउट भएपछि क्रिजमा आएका अन्य ब्याटर चम्किन सकेनन्।
उत्कृष्ट सुरुवात गरेको श्रीलंकाका ब्याटर मिडिल ओभरमा ध्वस्त भएका थिए। चरित असलंकाले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अस्ट्रेलियाका लागि अदाम जाम्पाले सर्वाधिक चार विकेट लिए। ८ ओभर बलिङ गरेका जाम्पाले ५७ रन खर्चिँदै ४ विकेट लिएका हुन्।
यस्तै मिचेल स्टार्क र पात क्यूमिन्सले दुई/दुई विकेट लिँदा ग्लेन म्याक्स्वेलले एक विकेट लिए। यसअघि लगातार दुई खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेको अस्ट्रेलिया आजको खेलमा जित निकाल्दै विजयी यात्रा सुरुवात गर्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।