काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले इंगल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको हो।
विस्फोटक सुरुवात गरेको अफगानिस्तान मिडिल ओभरमा टिक्न नसक्दा तीन सय माथिको स्कोर खडा गर्ने अवसरबाट चुकेको हो।
पहिलो पावर प्लेमा नै अफगानिस्तानले बिना विकेटको क्षतिमा ७९ रन बनाएको थियो। अफगानिस्तानका लागि सर्वाधिक रहमानुल्लाह गुर्वाजले ८० रन बनाए। उनी रन आउट भएका थिए।
यस्तै इक्राम अलीखिलले ५८ रनको योगदान दिए। इब्राहिम जर्दान र मुजिब उर रहमानले २८/२८ रन जोडे। हसमतुल्लाह साहिदीले १४ रन जोड्दा अमतुल्लाह ओमरजाईले १९ रन जोडे।
यता इंगल्याण्डका लागि आदील रासिदले ३, मार्क उडले २, रीस जेम्स विलियम टोपले, लियाम लिभिङ्स्टोन र जो रुटले समान एक/एक विकेट लिए।
अफगानिस्तान र इंगल्याण्ड दुवैको विश्वकपमा यो तस्रो खेल हो। यसअघि एकमा हार र एक खेलमा इंगल्याण्डले जित निकालेको छ भने अफगानिस्तानले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।