काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत बहराइनविरुद्ध जितका लागि नेपालले ७८ रनको लक्ष्य पाएको छ। मलेसियाको बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनायो।
बहराइनका लागि मोहमद बसिल अब्दुल हकिमले ३४ रन बनाए। ७७ बलको सामना गरेका उनले २ वटा छक्का र २ वटा चौका प्रहार गरे। बहराइनका अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन्।
बहराइनलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले ६ विकेट लिए। यस्तै, दुर्गेश गुप्ताले ४ विकेट लिए। बहराइनका ५ खेलाडी शून्य रनमा आउट भए भने अन्यले दोहोरो स्कोर समेत बनाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।