काठमाडौं– वान डे विश्वकपमा अस्ट्रेलियाले बिहीबार सबैभन्दा ठूलो हार व्यहोरेको छ। लखनऊमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले १३४ रन अन्तरले हराएको हो।
यसअघि सन् १९८३ मा अस्ट्रेलियालाई भारतले ११८ रन अन्तरले हराएको थियो। लखनऊको इकाना स्टेडियमा टस जित्दै अस्ट्रेलियाले पहिला फिल्डिङ रोजेको थियो।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै ३११ रन बनाएको थियो।
३१२ रनको लक्ष्य पछाउँदै जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलिया ४०.५ ओभरमा जम्मा १७७ रन बनाउँदै अलआउट भयो।
दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि–नकले सर्वाधिक १०९ रनको योगदान दिए। उनले १०६ बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा १०९ रन जोडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।