काठमाडौं– आईसीसी वान डे विश्वकप अन्तर्गत बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई जितका लागि ३१२ रनको लक्ष्य दिएको छ।
निर्धारित ५० ओभर खेल्दै दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३११ रनको योगफल जोडेको हो।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि–नकले सर्वाधिक १०९ रनको योगदान दिए। उनले १०६ बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा १०९ रन जोडेका हुन्।
यस्तै कप्तान टेम्बा बाभुमाले ३५ रन जोड्दा रेस्सी वेन डेर डुसनले २६ रन जोडे। अदिम माक्रमले ४४ बलको सामना गर्दै ५६ रन जोडे। हेनरिच क्लासेनले २९ रनको योगदान दिँदा मार्को जेनसेनले २६ रन जोडे।
यता अस्ट्रेलियाका लागि मिचेल स्टार्क र गेलन म्याक्स्वेलले दुई/दुई विकेट लिए। जोस, क्यूमिस र अदाम जाम्पाले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।