काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा इरानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। कप्तान देव खनाल १०० रन बनाएर तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका छन्।
२० ओभर सक्किँदा सम्मको स्थितिमा नेपालले ३ विकेट गुमाएर १७६ रन बनाएको छ। खनालले ६० बल खेलेर १०० रन बनाए। दीपक बोहराले ६३ रन बनाएर खेलिरहेका छन्।
नेपालले दोस्रो बलमै ओपनर तथा भरपर्दा ब्याटर अर्जुन कुमाललाई शून्य रनमा गुमाएको थियो। आकाश त्रिपाठी ९ बलमा ३ रन बनाउँदै आउट भएका थिए।
नेपालले एक समय ४.१ ओभरमा १०-२ को अवस्थामा थियो । तर देव खनाल र दीपक बोहराले नेपाललाई खेलमा फर्काएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।