काठमाडौं– बिहीबारदेखि मलेसियामा सुरु भएको एससी यु–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग टस हारेको छ। टस गुमाएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।
मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस जितेर इरानले पहिले फिल्डिङ रोजेको छ।
यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्षदेखि प्रिमियर कप शैलीमा हुँदैछ। खेल ५० ओभरको हुनेछ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन्। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। शीर्ष ३ टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन्।
नेपाल समूह ‘ए’मा रहेको छ। समूह ‘ए’मा नेपालसहित बहराइन, साउदी अरेबिया र इरान छन्। यस्तै समूह ‘बी’मा युएई, ओमान, कतार र चीन छन्।
समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह ‘डी’ हङकङ, मलेसिया, जापान र इन्डोनएसिया छन्।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन्। एसिया कप यू१९ विश्वकप अघिको तयारी हो। विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ। नेपालले पनि उक्त विश्वकप खेल्नेछ। विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।