काठमाडौं– भारतले वान डे विश्वकप–२०२३ मा लगातार दोस्रो जित दर्ता गरेको छ। आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई बुधबार भारतले ८ विकेटले पराजित गरेको हो।
पहिलो खेल भारले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। बुधबारको जितसँगै अंकतालिकामा भारतले ४ अंक जोड्दै दोस्रो नम्बरमा पुगेको छ।
बुधबार अरुण जेट्ली स्टेडियममा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।
२७३ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारतले ३५ ओभरमै लक्ष्य पूरा गर्यो। भारतका रोहित शर्माले ६३ बलमा शतक प्रहार गरे। उनले जम्मा १३१ रनको पारी खेलेका थिए।
पहिलो इनिङमा भारतका लागि जसप्रिप बु्मराहले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै विराट कोहलीले ५६ बलमा नटआउट ५५ रन बनाए। विराटले ६ चौका हाने भने श्रेयस अय्यरका साथ ६८ रनको साझेदारी गरे। श्रेयस २५ रन बनाउँदै नटआउट रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।