काठमाडौं– विश्वकप क्रिकेटमा मंगलबार श्रीलंकाले पाकिस्तानलाई ३ सय ४५ रनको विशाल लक्ष्य दिएको छ।
भारतमा जारी एक दिवसिय विश्वकपमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रनको योगफल तयार पारेको हो।
श्रीलंकाका लागि दुई खेलाडीले शतक र एक खेलाडीले अर्धशतक पूरा गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशल मेन्डिसले ७७ बलमा विस्फोटक १ सय २२ रनको योगदान गरे। उनको इनिङमा १४ चौका र ६ छक्का समावेश छ।
सदिरा समराविक्रमाले ७९ बलमा १ सय ८ रनको योगदान गरे। उनको इनिङमा ११ चौका र २ छक्का समावेश छ।
कुशल र सदिराले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल लक्ष्यतिर अघि बढाएका थिए। श्रीलंकाका ओपनर कुशल परेरा डक आउट हुँदा अर्का ओपनर पठुम निसान्काले ७ चौका र १ छक्का सहित ६१ बलमा अर्धशतक बनाए। धनञ्जय डी सिल्भाले ३४ बलमा ४ चौका सहित २५ रन बनाए।
कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे। चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शून्यमा आउट भएका थिए। महिश पाथिराना एक रनमा नटआउट रहे।
पाकिस्तानका हसन अलीले १० ओभरमा ७१ रन खर्चिदै ४ विकेट लिए। हरिस रौफले १० ओभरमा ६४ रन खर्चिएर २ विकेट लिए। शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।