काठमाडौं– विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ।
एमए चिन्दबरम स्टेडिममा भएको भारत–अस्ट्रेलियाबीचको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।
पहिला ब्याटिङ रोज्दै अस्ट्रेलियाले ५० ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो। २०० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
सुरुवाती दुई ओभरमै तीन विकेट गुमाएको भारतका लागि विराट कोहली र केएल राहुलले पारी सम्हाल्दै जित दिलाएका हुन्।
विराटले ८५ रनको योगदान दिए भने राहुलले नटआउट ९७ रन बनाए। अस्ट्रेलियाका लागि स्टीभ स्मिथले सबैभन्दा धेरै ४६ र डेभिड वार्नरले ४१ रनको योगदान दिनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।