काठमाडौं– भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई २ सय रनको सामान्य लक्ष्य दिएको छ।
एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
खराब ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए। ७१ बलमा ५ चौका हानेका स्मिथ रवीन्द्र जडेजाको बलमा बोल्ड आउट भए।
ओपनर डेभिड वार्नर ४१ रनमा क्याच आउट भएका थिए। म्यार्नस लाबुसचेनले २७, ग्लेन म्याक्स वेल र कप्तान प्याट कुमिन्सले समान १५ रन बनाए। भारतका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए भने कुलदिप यादव र जसप्रित बुमराहले समान २ विकेट लिए। रविचन्द्रन अश्विनले १ विकेट लिए।
भारतको पनि खराब सुरुवात
जवाफी ब्याटिङमा उत्रेको भारतले पनि खराब सुरुवात गरेको छ। भारतले सुरुवाती दुई ओभरमै तीन विकेट गुमाइसकेको छ।
१.३ ओभरमै दुई विकेट गुमाएको भारतले तेस्रो विकेटका रुपमा श्रेयस यय्यरलाई गुमाएको हो। दुई रन बनाउँदै कप्तान रोहित शर्मा र इशान किसन बाहिरिएका थिए।
अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन्। भारतले ३ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा जम्मा ५ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।