काठमाडौं– चीनमा जारी एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधि पनि भारतले जितेको छ। वर्षाका कारण फाइनल खेल रद्द हुन पुगेको थियो।
खेल पूरा हुन नसक्दा र्याङकिङका आधारमा उपाधि भारतले प्राप्त गरेको हो। फाइनल खेल भारत र अफगानिस्तानबीच थियो।
अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाएको थियो। दोस्रो इनिङ्स सुरु हुन नपाउँदै वर्षा भएपछि खेल रद्द भएको हो।
एसियन खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधि पनि भारतले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।