काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन्।
बुधबार बसेको कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीको तर्फबाट त्यसबारे जानकारी गराइएको हो।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मतबारे आफूहरूले जानकारी गराएको नेपाल लाइभ लाइभलाई बताए।
कार्की प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले भदौ २२ मा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर कार्कीले विश्वासको मत पाउने बलियो आधार देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।