काठमाडौं– सोमबार धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीस्थित त्रिशुली नदीमा हामफाली बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा असोज १५ गते साँझ त्रिशुलीमा हाम फाली बेपत्ता भएका थिए।
उनी असोज १५ गते साँझ त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका थिए। प्रदेश नम्बर ३-००५-क- ४१७६ नम्बरको मोटरसाइकल छाडेर उनी नदीमा हाम फालेका थिए। प्रहरीले पुलमा उनको मोटरसाइकल हेल्मेट र चप्पल फेला पारेको थियो।
उनको खोजीका लागि बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट इन्सपेक्टरको कमाण्डमा ४ जना गोताखोरसहितको फौज खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
बेपत्ता देवकोटा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखाका ब्रान्च म्यानेजर थिए। केही समयअघि उनले जागिरबाट राजीनामा दिएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।