नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ। हिन्दूहरुको समूहले मंगलबार नेपालगञ्जमा प्रदर्शनको आयोजना गरेको छ।
मुस्लिम धर्मावलम्बो लक्षित धृणाजन्य अभिव्यक्तिसहित हिन्दू पक्षधर भनिनेहरु समूहगत रुपमै प्रदर्शनमा उत्रिएपछि तनाव बढ्ने संकेत देखिएको हो।
धार्मिक सद्भाव कायम राख्न भन्दै मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली समेत आयोजना गरिएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।