काठमाडौं– एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले आठौं विकेट गुमाएको छ।
आठौं विकेटको रुपमा गुलशन झा ६ रन बनाएर आउट भए। सातौं विकेटको रुपमा सोमपाल कामी ७ रन बनाएर आउट भएका थिए। ५ रन खेलेका सोमपालले १ छक्का प्रहार गरे।
यसअघि छैटौं विकेटको रुपमा सन्दीप जोरा २९ रन बनाएर आउट भएका थिए। १२ बल खेलेका जोराले ३ छक्का र १ चौका प्रहार गरेका थिए।
पाँचौं विकेटका रुपमा दीपेन्द्रसिंह ३२ रन बनाएर आउट भएका थिए। १५ बल खेलेका दीपेन्द्रले ४ छक्का प्रहार गरेका थिए।
चौथो विकेटको रुपमा कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए। यस्तै, तेस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल २९ रन बनाएर आउट भएका थिए।
नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए। ३२ बल खेलेका भुर्तेलले १ छक्का र ४ चौका प्रहार गरेका थिए।
यस्तै, आसिफ शेख १० रन बनाएर आउट भएका थिए। ६ बल सामना गरेका आसिफले १ छक्का र १ चौका प्रहार गरेका थिए।
पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।