काठमाडौं– एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ।
तेस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल २९ रन बनाएर आउट भए। २२ बल खेलेका कुशलले १ छक्का र ६ चौका प्रहार गरे।
यस्तै, चौथो विकेटको रुपमा कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भए।
यसअघि नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए। ३२ बल खेलेका भुर्तेलले १ छक्का र ४ चौका प्रहार गरेका थिए।
यस्तै, आसिफ शेख १० रन बनाएर आउट भएका थिए। ६ बल सामना गरेका आसिफले १ छक्का र १ चौका प्रहार गरेका थिए।
पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।