काठमाडौं– एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको चौथो विकेट लिएको छ।
नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका यशस्वी जैसवाल १०० रन बनाएर आउट भएका छन्। अविनाश बोहराले दीपेन्द्र सिंह ऐरीबाट जैसवाललाई क्याचआउट गराए। ४९ बल खेलेका जैसवालले १०० रन बनाउने क्रममा ७ वटा छक्का र ८ चौका प्रहार गरे।
टस जितेर ब्याटिङ रोजेको भारतले उत्कृष्ट सुरुवात गरेको थियो। भारतविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। दीपेन्द्रले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए। २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए।
भारतको दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किएका थिए।
सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए। उनले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।