काठमाडौं– एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको तेस्रो विकेट लिएको छ।
नेपाललाई तेस्रो सफलता दिलाउँदै सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए।
यसअघि दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए।
भारतको दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।