काठमाडौं– एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको दोस्रो विकेट लिएको छ।
सोमपाल कामीले भारतका तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किए।
यसअघि दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए। २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए।
सुरुवातमा विस्फोटक ब्याटिङ गरेको भारतका यशस्वी जयसवाल लयमा देखिएका छन्। ३७ बलको सामना गर्दा जयसवालले ७९ रन बनाएका छन्। उनले ६ छक्का र ६ चौका प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।