काठमाडौं– एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको पहिलो विकेट लिएको छ।
भारतीय टिमका कप्तान ऋतुराज गायकवाड दीपेन्द्र सिंह ऐरीको बलमा रोहित पौडेलको हातबाट क्याचआउट भए।
२३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किए।
भारतले १० ओभरको खेलमा १०४ रन बनाइसकेको छ। भारतका यशस्वी जयसवालले ७३ रन बनाएका छन्। ३६ बल खेलेका उनले ५ छक्का र ६ चौका प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।