काठमाडौं– चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले टस हारेको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर भारतका कप्तान ऋतुराज गायकवाडले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
क्वाटरफाइनलको पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो। भारतले सिधै क्वाटरफाइनलमा मौका पाएको हो भने नेपाल समूह चरणका दुईवटै खेल जितेर क्वाटरफाइनल प्रवेश गरेको हो।
समूह चरणमा नेपालले मंगोसियालाई २७३ र माल्दिभ्सलाई १३८ रनको फराकिल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।
भारतले एसियाडमा दोस्रो रोजाइको टोली पठाएको छ। एकदिवसीय विश्वकपका कारण भारतले एसियाडमा दोस्रो रोजाइको टोली पठाएको हो।
भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।