काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो।
कोशी प्रदेशमा सर्वोच्चको आदेशपछि हिक्मत कार्की नेतृत्वको सरकार छ। उनले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राप्रपाले सोमबारको बैठकमा उक्त निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।