काठमाडौं– १९ औं एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपाल १३८ रनले विजयी भएको छ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रन बनाएर अलआउट भयो।
माल्दिभ्सका लागि मुअविथ गनीले ३६ रन बनाए। यस्तै रासि रासमले १२ तथा फारीद श्यूसले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन्।
माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए। यस्तै, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान् १–१ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाएका थिए। यस्तै, कुशल मल्लले अविजित ४७ रन बनाए। गुल्सन झाले ३५ र कुशल भुर्तेलले ३५ रन बनाए।
माल्दिभ्सविरुद्ध जित निकाल्दै नेपाल एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम ८ मा पुगेको हो। नेपालले अन्तिम ८ मा भारत, पाकिस्तान, बंगालदेश र श्रीलंकामध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।