काठमाडौं– १९औं एसियन खेलकुदमा नेपालले तीनवटा विश्व कीर्तिमान बनाएको छ। टी–२० आईमा सबैभन्दा ठूलो लक्ष्य र छिटो शतकका साथै अर्धशतकको कीर्तिमान बनाएको हो।
नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन्।
एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरेका छन्। जम्मा १० बलको सामना गरेका उनले ५२ रन बनाए। उनले ८ छक्का प्रहार गरेका थिए।
यो कीर्तिमान यसअघि भारतका युवराज सिंहको नाममा थियो। उनले १२ बलमा अर्धशतक प्रहार गरेका थिए।
यही खेलमा कुशल मल्लले पनि सबैभन्दा छिटो शतक प्रहार गरेका छन्। मल्लले ३४ बलमै १०१ रन बनाएर छिटो शतक प्रहार गर्ने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
यस्तै आजकै खेलमा नेपालले टी–२० आईमा सबैभन्दा ठूलो लक्ष्यको पनि कीर्तिमान राखेको छ। यसअघि अफगानिस्तानको नाममा रहेको रेकर्ड नेपालले आफ्नो नाममा राखेको छ।
टी–२० आईमा ३१५ रनको लक्ष्य अहिलेसम्मकै धेरै हो। जुन मंगोलियालाई नेपालले दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।