काठमाडौं– १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियालाई नेपालले ३१५ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी मंगोलियाका बलर नेपाली ब्याटरसामु निरिह रहे।
नेपालले तीन विकेटको क्षतिमा उक्त लक्ष्य खडा गरेको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका छन्। मात्र ५० बलको सामना गर्दै उनले उक्त योगफल जोडेका हुन्।
कप्तान रोहित पौडेलले ६१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ५२ रन जोडे। यस्तै कुशल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।