काठमाडौं– १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो। तेस्रो नम्बरमा आएका मल्लले मात्र १९ बलमा ५३ रन बनाउँदै अर्धशतक पार गरेका हुन्।
१० ओभरको खेल सकिँदा नेपालले यतिबेला १२२ रन बनाएर खेलिरहेको छ। मल्ल एक्लैले २१ बलमा ६३ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।