काठमाडौं– १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।
पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले दोस्रो विकेटमा कुशल भुर्तेललाई गुमाएको हो।
नेपालका ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भएका छन्।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।