काठमाडौं– क्रिकेट एशाेसियिन नेपाल (क्यान)को केन्द्रीय चुनावमा पारस खड्का सचिवमा निर्वाचित भएका छन्।
प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई मतगणना पूरा नहुँदै पराजित गरेका हुन्। जम्मा ८४ मत खसेकाेमा ७५ मत गणना हुँदा उनले जितका लागि आवश्यक ४३ मत पाएका हुन्।
मल्लले ३२ मत लिएका छन्। ४३ मत पाएसँगै पारसको जित पक्का भएको हो। काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रीय चुनावमा लडेका थिए।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।