• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रश्न माओवादी केन्द्रलाई, जवाफ कांग्रेसको

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०८०  १६:३१
1140x725

काठमाडौं- बीपी साहित्य महोत्सव अन्तर्गत असोज ३ गतेको एक कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने भए पनि माओवादी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै आलोचना गरे।

प्रतिनिधि सभामा कांग्रेस पहिलो ठूलो र माओवादी केन्द्र तेस्रो ठूलो दल हुन्। ढुंगानाको आलोचनाले कांग्रेसको सत्ता मोह र माओवादी केन्द्रको हैसियतविहीन जिम्मेवारीलाई एकसाथ प्रश्न गर्छ। त्यसका अतिरिक्त उनले अहिलेको संविधानलाई खुसी पार्न ल्याइएको पनि आरोप लगाए।

कार्यक्रमको दर्शकदीर्घामा रहेका कांग्रेस महामन्त्री गगन थापाले ढुंगानाको प्रतिवाद गर्दै माओवादी केन्द्रको बचाउ गरे। सरकारको नेतृत्वका सम्बन्धमा थापाको भनाइ थियो, 'सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउनुपर्छ भन्ने म पनि ठान्छु। प्रयास पनि छ। तर सूर्यबहादुर (थापा)को नेतृत्वमा सरकार बनेको होइन? सूर्यबहादुरको ठूलो दल थियो? लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनेको होइन? उनको दल ठूलो थियो?'

ढुंगानाको प्रतिवाद गर्ने क्रममा थापाले संविधानलाई होइन, आफ्नो कामलाई भारी बोकाउनुपर्ने बताए। संविधानको बचाउ त उनले गरे, तर माओवादी केन्द्रको पनि अप्रत्यक्ष बचाउ गरे।

कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धन जारी छ। कांग्रेसले एमालेबाट माओवादी केन्द्रलाई अलग्याएर आफू समेतको सहभागितामा नयाँ सत्ता समीकरण निर्माण गरेको हो। त्यसयता माओवादी केन्द्रमाथि उठ्ने प्रश्नको कांग्रेस नेताहरूले जवाफ दिएर बचाउ गर्ने गरेका छन्। असोज ३ गते थापाको अभिव्यक्ति त्यसकै निरन्तरता मात्रै हो।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसको गत साउन पहिलो हप्ता बसेको केन्द्रीय कार्यसमिति बैठकमा उठेका अनेक विषयमध्ये एक थियो- समाजवादी मोर्चा। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसलाई बाहिर राखेर माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपाले समाजवादी मोर्चा गठन गरेपछि कांग्रेस वृत्त सशंकित भएको थियो। समाजवादी मोर्चा गठन गरेर गठबन्धनभित्र अविश्वास सिर्जना गर्न खोजेको भन्दै माओवादी केन्द्रप्रति केन्द्रीय समितिमा पनि प्रश्न उठ्यो।

साउन ८ गते उपसभापति पूर्णबहादुर खड्काले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा समाजवादी मोर्चाको विषयमा पनि प्रष्ट्याउने प्रयास गरे। केन्द्रीय सदस्यहरूले माओवादी केन्द्रलाई सोधेको प्रश्नको जवाफ खड्काले दिएका थिए। उनले पुस १० गते भत्किएको गठबन्धन ब्युँत्याउने गरी बालुवाटारमा (फागुन १२ गते राति) बसेको बैठकमै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समाजवादी मोर्चा बनाउने सहमति भएको बताए।

'प्रचण्डजीले कांग्रेसलाई जानकारी छ, उहाँहरूलाई जानकारी गराएर उहाँहरूकै सहमतिमा हामीले मोर्चा बनाएका हौँ भनेर एउटा इन्टरभ्युमा भन्नुभएको थियो। त्यो यथार्थ कुरा हो', खड्काको भनाइ थियो, 'जस्ताको तस्तै कुरा केन्द्रीय समितिमा जानकारी गराउने बेला आएको कारणले, केन्द्रीय समितिमा उठेको कुरा प्रष्ट गर्नुपर्ने कारणले उपयुक्त ठानेर मैले यो कुरा राखेको हुँ। त्यही दिनको निर्णय अनुसार पछि विप्लवजी थपिएर चार दलको समाजवादी मोर्चा सार्वजनिक रुपमा घोषणा भएको अवस्था हो। यसलाई नेपाली कांग्रेसले त्यही रुपमा बुझ्नुपर्छ।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्को प्रसंग, साउन २ गते राति स्कुटरको ब्रेकसुको आवरणमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धानको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको सन्दर्भमा गृहमन्त्री र अर्थमन्त्रीलाई जोडेर प्रश्न उठायो। उसले माओवादी केन्द्रका नेताहरूको सुनका विविध प्रकरणमा संलग्नता भएको आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको थियो। सरकारले भने सीआईबीले अनुसन्धान गरिरहेको भन्दै एमालेको मागलाई टार्ने प्रयास गरिरहेको थियो। यही विषयमा एमालेले सदन अवरोध समेत गर्‍यो।

सत्ता साझेदार दल भएका कारण कांग्रेसले माओवादी केन्द्रलाई सहयोग पुग्ने धारणा राखिरहेकै थियो। तर कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सदनबाट खुलेर बोले। साउन २३ गतेको प्रतिनिधि सभा बैठकमा उनले भने, 'एयरपोर्टबाट (सुन) गर्दा कसको गल्ती हो, कमजोरी हो? सरकारको। तर एयरपोर्टबाट आएर सिनामंगलको चोकमा पक्डिँदै गर्दा कसले पक्रियो त? सरकारको एउटा हातले एयरपोर्टमा कमजोरी गर्‍यो, तर सरकारको अर्को हातले फेरि पक्रियो, सिनामंगलको चोकमा। यो पनि हामीले बिर्सिनुहुँदैन।'

सम्बोधनका क्रममा शर्माले विगतका कैयौँ सन्दर्भ जोड्दै एमालेमाथि कटाक्ष गरेका थिए। 'म सम्झिन चाहन्छु, सय किलो सुन त भेटियो। तर ३३ किलो सुनको छानबिन आयोग त छोड्नुस्। सुनको एउटा तोला समेत नभेटिइकन फाइल बन्द भएको छ', उनको भनाइ थियो।

कांग्रेसका एक नेताले यस्ता अभिव्यक्तिहरू सन्दर्भ र आवश्यकता अनुसार बोलिने भएकाले कुनै दल विशेषको बचाउको अर्थमा लिन नहुने बताए। आफ्नो अभिव्यक्ति दिँदा कहिले कसैको पक्षमा र कहिले कसैको विपक्षमा उभिएको जस्तो देखिने भएता पनि उद्देश्य नै त्यस्तो भने नहुने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्