काठमाडौं– सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै काठमाडौं महानगरपालिकाले २ जनालाई ७५ हजार रुपैयाँ जरिवाना तिराएकोव छ। महानगरले माटो झारेको र सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै उनीहरूलाई जरिवाना तिराएको हो।
सडक पेटीमा निर्माण सामग्री राखेबापत वडा नम्बर ९ तिलगंगाका सुदर्शन कँडेललाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
यस्तै सडक पेटीमा माटो झारेको भन्दै बाफत बिलिल कन्टेक्ट जेभीलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
महानगरपालिकाले सडकमा फोहोर फाल्ने, म्याद गुज्रेका खाद्य पदार्थ बिक्री वितरण गर्ने जस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाही गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।