इस्तानबुल– युक्रेनबाट अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ।
रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वार रहेको सरियर जिल्लामा पुगेको हो। जहाजले इजरायल हुँदै स्ट्रेट पार गर्नेछ।
युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो। रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो।
रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा छुट्टा–छुट्टै हस्ताक्षर गरेका थिए। जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।